Bisal Chautari Logo

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को गीत सार्वजनिक

- १० श्रावण २०८१, बिहीबार १९:०५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १० बिहिवार
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा खिचिएको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् । आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्र्ट रनर अप हुन् ।
चलचित्र नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ । चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को  कथा र निर्देशन रहेको फिल्ममा ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण छ । चलचित्र रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) प्रस्तुतकर्ता रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेको छ । निर्देशक मित्रका अनुसार चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।
चलचित्रमा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया