Bisal Chautari Logo

आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?

- १२ श्रावण २०८१, शनिबार १८:१७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १२ शनिवार ।
 भदौको १४ गतेबाट चलचित्र ‘वर एण्ड बधु’ रिलिजमा आउँदैछ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य छन् ।

यो चलचित्रको पहिलो गीत ‘तिमी सँग’ केही दिन अगाडि सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको ४ दिनमा यो गीतले करिब ७ लाख भ्यूज युट्युबमा बटुलेको छ । अर्जुन पोखरेलको संगीत, प्रदाप दास र अन्जु पन्तको स्वर रहेको यो गीतमा लेखु सहयात्रीको शब्द छ ।
सार्वजनिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले गीत निकै मिठो रहेको प्रतिक्रिया दिएका छन् । यस्तै, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको पनि दर्शकले तारिफ गरेका छन् ।

चलचित्र ‘वर एण्ड बधु’ हेर्न उत्साहित भएको पनि दर्शकको प्रतिक्रिया छ । चलचित्रका निर्देशक मिलन चाम्स पनि आफूलाई यस्तो खालका चलचित्र बनाउन मन पर्ने बताउँछन् । आफूले ‘लिलिबिली’पछि अर्को रोमान्टिक कमेडी चलचित्र बनाएको उनको भनाई छ ।
यो गीतको युट्युबको ट्रेन्डिङमा समेत आएको छ । गीतले दर्शकको साथ पाउन थालेपछि आँचल उत्साहित देखिएकी छिन् ।
यो चलचित्रले विगत केही सातादेखि सुस्ताएको नेपाली चलचित्र क्षेत्रलाई उकास्ने विश्वास गरिएको

प्रतिक्रिया