Bisal Chautari Logo

टिजरपछि बढ्यो ‘द आउटल’को माग, जापान अधिकार विक्री

- १७ श्रावण २०८१, बिहीबार २०:४० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
२०८१ श्रावन १७ बिहिवार ।
 चलचित्र ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो चलचित्रको टिजरलाई दर्शकले निकै रुचाएका छन् अभिनेता सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, चलचित्रको मेकिङको खुलेरै तारिफ भइरहेको छ । टिजर सार्वजनिक भएपछि चलचित्रको विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो चलचित्रको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ ।
जापानमा चलचित्र वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो चलचित्र खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमा चलचित्रलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले चलचित्रको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
चलचित्र ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन । तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारले अभिनय गरेको चलचित्रबाट दर्शकले उच्च अपेक्षा गरेका छन् ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् ।
निर्माणपक्षले अन्य देशमा पनि चलचित्र विक्रीका लागि कुरा भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया