बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ भाद्र १० सोमवार। कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा अभिनेत्रि आँचल शर्मा, नव–अभिनेता विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए । ‘कन्या पुजा सनातन गुठी’ले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।
दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा चलचित्र ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे ।
सो अवसरमा चलचित्रका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको अभिनेत्रि आँचल शर्माले बताइन् । करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, चलचित्रका अभिनेता विवेक कर्मचार्यले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।
भदौको १४ गते अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको ट्रेलर र गीतसंगीतलाई दर्शकले रुचाएका कारण पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माणटिमको छ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्या पूजा’को अवसरमा चलचित्रको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।
प्रतिक्रिया