बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ भाद्र १३ बिहिवार । भोली शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको चलचित्र ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको छ । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा चलचित्र क्षेत्रका चलचित्रकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो ।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य,अभिनेत्रि मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।
चलचित्र हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट चलचित्र उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे । यस्तै, बरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि चलचित्रको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटोको तारिफ गरे ।
चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा चलचित्र उत्कृष्ट बनेको बताइन् । उनले, आँखा शित्तल हुने चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।
निर्देशक सुयोग गुरुङले यस्तो चलचित्र हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार चलचित्र बनाएको प्रतिक्रिया दिए ।
अभिनेत्रि मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।
चलचित्र हेरेका अधिकांशले नव–अभिनेता विवेक कर्माचार्यको कामको पनि खुलेरै तारिफ गरे । विवेक नयाँ अभिनेता जस्तो नलागेको अधिकांशको भनाई थियो ।
भोलिबाट रिलिजमा आउन लागेको चलचित्रले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यसैले, देशभरका दर्शकले यो चलचित्रलाई रुचाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया