Bisal Chautari Logo

चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु

- २८ भाद्र २०८१, शुक्रबार १७:५२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ भाद्र २८ शुक्रवार ।
दयाहाङ राई र आँचल शर्मा स्टारर चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको चलचित्रको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।
सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रमा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।
पूरा चलचित्र काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरुले चलचित्र भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी चलचित्र हो । आलोक शुक्लाको छायांकन,सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

प्रतिक्रिया