shree krishna shrestha and akash adhikari movie kohinoor
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १० शनिबार । नेपाली चलचित्र क्षेत्रमा छुटै स्थान बनाएका चर्चित निर्देशक आकाश अधिकारी एक प्रेम मिटमा भक्कानिएका छन् । दिल्लीमा उपचार गराइरहेका चलचित्र ‘कोहिनुर’का अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिएर भक्कानिएका हुन् ।
चलचित्र ‘कोहिनुर’को पत्रकार सम्मेलनमा बोल्दा बोल्दै एकाएक भावुक भए, अनी आखाबाट आशु खस्यो र मुखबाट बोली निस्किन सकेन । यस चलचित्रको सुरुवातीदेखी नै हरेक काम एकासाथ गर्दै आएको यो जोडीले पत्रकार सम्मेलनमा सँगै उपस्थित हुन नपाएपछि चलचित्रका निर्देशक आकाश भक्कानिएका हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठ अहिले घाटीमा समस्या आएपछि दिल्लीमा उपचारको क्रममा रहेका छन्, भने उनको साथमा चलचित्रकी अभिनेत्री एवं धर्मपत्नी स्वेता खड्का दिल्लिमै छिन् ।
साउन २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कोहिनुर’को प्रदर्शनको समयमा अभिनेता तथा अभिनेत्री नै नेपाल बाहिर भएपछि सिनेमाको निर्माणपक्ष केही तनावमा रहेको छ । पत्रकार सम्मेलनमापनि सिनेमाको बारेमा भन्दाबढी अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वास्थ्य लाभको कामना गरिएको थियो । उपचारपछी अर्को साता नै श्रीकृष्ण र स्वेता नेपाल र्फकने निर्माण युनिटले बताएको छ ।
१ करोड भन्दा माथिको बजेटमा तयार भएको यो सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीतहरु रहेको छ । चलचित्रले नेपाल भारतमा हुने चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । अभिनेता श्रेष्ठले ‘कहाँ भेटिएला’पछी दोश्रो सिनेमा ‘कोहिनुर’ बनाएका हुन् । विशाल चौतारीको तर्फबाट पनि अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दछ ।
प्रतिक्रिया