Bisal Chautari Logo

निर्माता ज्योतिराज राईले दिए आमन्त्रण गोल्डकपलाई सुन र चाँदि जडित ट्रफी

- ७ आश्विन २०८१, सोमबार १७:२५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ असोज ७ सोमवार ।
फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय
आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिब ट्रफी प्रदान गरेका छन् ।

आइतबार बेलबारीमा आयोजित एक बिशेष समारोहबिच उनले गोल्डकपका लागि रनिब ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ट्रफि बुझेका थिए ।

निर्माता राईले उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन.बि. रुबमाहाब राईको स्मृति निर्माण गरिएको हो । ट्रफि निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका छन् ।
कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ।।।खेलाडीहरुको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राइले भने ’ आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।

निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइ र निर्माता राईको हातबाट अनावरण समत भयो । सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरबको बेलबारी
नगरपालिका – ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया