Bisal Chautari Logo

‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु

- १४ कार्तिक २०८१, बुधबार १८:०७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ कार्तिक १४ बुधवार।
यही कार्तिक ३० गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा चलचित्रका अभिनेता नाजिर हुसेन र अभिनेत्रि सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको सुरुवात गरिएको हो ।
निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा चलचित्रको अटो प्रमोसन सुरु गरिएको छ । स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएर अटोको माध्यमबाट प्रचारप्रसार गरिएको निर्माण पक्षले जनाएको छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व,  दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

प्रतिक्रिया