बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १ बिहिवार । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्र ‘मायावी’को ट्रेलर आज सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाइको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ ।
चलचित्रको ट्रेलरमा समावेश केही संवादहरुले दर्शकको मन छुने देखिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।
चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । यस्तै, क्रियटिभ सिने आर्टस् प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रमा नेम महर्जनको पनि लगानी छ ।
चलचित्रमा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दिपेन्द्र सिंखडा, संगीता सिलवालको पनि अभिनय छ ।
चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ ।
राज कुमार कार्की लाइन प्रोड्यूसर रहेको चलचित्रमा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा यसका कलाकारहरुले चलचित्र निर्माण गर्दाको दुख र रमाइलो पल शेयर गरेका थिए । निर्देशक दिवाकर भट्टराइले फिल्म निर्माणको समयमा पाएको दुख शेयर गर्दै गर्दा धेरैका आँखा रसाएका थिए ।
चलचित्रले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने निर्देशक दिवाकर भट्टराइले बताए । नायक पल शाहले आफ्नो माया गर्ने जो कोहीसँग पनि यो चलचित्र हेर्न जान आग्रह गरे ।
चलचित्र ‘मायाबी’ले लभ स्टोरी चलचित्रको निर्माणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया