Bisal Chautari Logo

‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को अडिसन सुरू

- ४ फाल्गुन २०८१, आईतवार १६:०६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन ४ आइतवार।
‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को अडिसन सुरू भएको छ। शनिबार काठमाडौंस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरू गरिएको हो ।
शनिबारको अडिसनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो जजको भूमिका निर्वाह गरिन्। डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्व मिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्व मिस्टर इन्टरनेशनल मानस राई जजको रुपमा देखिए।
अडिसन सुरू गर्नुअघि प्रेस मिट राखिएको थियो। जहाँ यसवर्षको प्रतियोगितासहित अडिसनबारे जानकारी दिइयो। फागुन ३ गते काठमाडौंबाट सुरु भएको अडिसन देशभरिका सातै प्रदेशमा चल्नेछ।
फेब्रअरी २४ देखि उपत्यकाबाहिर झापा, इटहरि, विरगञ्ज, चितवन, पोखरा, वुटवल, नेपालगञ्ज र धनगढीमा हुनेछ। जसको समयतालिका केही दिनमा सार्वजनिक गरिने बताइएको छ।
प्रतियोगितमा १८ देखि ३२ का महिला र १८ देखि ३४ सम्म पुरुषले अडिसन दिन पाउने सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा यस प्रतियोगिताका नेसनल डारेक्टर डाक्टर सन्तोष उपाध्यायले जानकारी दिए। चौथो संस्करणको अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरू जजको रुपमा राख्न सफल भएको उनको भनाइ छ।
नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ।
पहिलोपटक नेपाल आएकी मिस ग्लोब डायनाले पनि नेपालको बसाईं निकै रमाइलो लागिरहेको बताइन्। साथै आफू जज बन्न पाउँदा उत्साहित रहेको सुनाइन्।
यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ।

प्रतिक्रिया