Bisal Chautari Logo

चलचित्र ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक

- ५ फाल्गुन २०८१, सोमबार १८:०६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  फागुन ५ सोमवार।
गत शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गरेको छ ।

प्रतिक्रिया