बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन ९ शुक्रवार । भोलिबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।
चलचित्रमा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, चलचित्रको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई चलचित्रका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
यो चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निसाल पौडेलको छायांकन रहने यो चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका हुन् । यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।
प्रतिक्रिया