बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १० शनिवार । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै यसको बारेमा जानकारी दिएको हो ।
साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमाण्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्ने छ । उनले ‘गाजलु ती ठुला ठुला आँखा’ लगायतका ४ नेपाली गीतसहित दर्जनौ हिन्दी गीत श्रोतामाझ पस्कने छन् ।
आयोजक मोक्तानको टिमले पहिलो पटक गुलाम अलीको ती पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए । गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि नेपाल दर्शक तथा श्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकले जानकारी दिएको छ ।
सोही कार्यक्रममा बरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मान समेत गरिने आयोजक टिमले जानकारी दिएको छ । गीतकार तथा संगीतकार जंगमले गुलाम अलीका चार गीतमा शब्द रचना तथा संगीत दिएका छन् । संगीतका जंगमले पनि नेपाली संगीतमा ठुलो योगदान पुर्याएका प्रसिद्ध गलकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यससँगै सोही स्टेजमा आफुलाई सम्मान गर्ने कुराले थप हौसला मिलेको बताए ।
साधना कला केन्द्रका सञ्चालक तथा यो कार्यक्रमका आयोजक मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत रकम गायन र नृत्यमा लागिरहेका बच्चाहरुलाई १ वर्षको छात्रवृति समेत प्रदान गरिने बताए । यो कार्यक्रमको टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
प्रतिक्रिया