Bisal Chautari Logo

चलचित्र ‘हर्ष’को शुभमूहूर्त, खगेन्द्र र वर्षाको जोडी

- १४ फाल्गुन २०८१, बुधबार १७:४५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १४ बुधवार
खगेन्द्र र वर्षाको जोडी बाँध्दै ‘हर्ष’को शुभमूहूर्त, १७ गतेबाट फ्लोरमा  डेब्यू निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा चलचित्रमा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।

फागुन १७ गते फ्लोरमा जाने चलचित्रले पारिवारिक सामाजिक कथा पस्किनेछ । चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । यस्तै संपादकमा लोकेश बज्राचार्य छन् भने सुनिल क्षेत्रीले कोरियोग्राफी गर्नेछन् ।

कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको चलचित्र ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) चलचित्रका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन्। चलचित्र २०८२ सालमा रिलिज हुनेछ ।

प्रतिक्रिया