बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १५ बिहिवार। चलचित्र ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा चलचित्रको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । चलचित्रको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए ।
तर, चलचित्र ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । चलचित्रको महत्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्छ ।
टिकटकमा चलचित्रको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ ।
चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।
धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रको वर्ड अफ माउथ बलियो भएकाकारण पनि आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास निर्माणपक्षको छ ।
प्रतिक्रिया