Bisal Chautari Logo

‘मायावी’को अर्को नयाँ गीत सार्वजनिक

- १५ फाल्गुन २०८१, बिहीबार १७:१४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
२०८१ फागुन १५ बिहिवार
वुधबारदेखि रिलिजमा आएको चलचित्र ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले चलचित्रको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो ।

एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा चलचित्र हेरेका दर्शकले पनि निकै रुचाएका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि फिल्ममा नेम महर्जनको पनि लगानी छ ।
राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ ।
चलचित्रले बुधबार सुखद ओपनिङ गरेको थियो । भोलि र पर्सीको बिदामा पनि चलचित्रले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया