Bisal Chautari Logo

चलचित्र‘मितज्यू’बाट डेव्यु गर्दै तेरिया

- २८ फाल्गुन २०८१, बुधबार १९:३२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २८ बुधवार
 ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् ।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै चलचित्रको चर्चा बढ्ने देखिन्छ । नेपाली दर्शक तेरियालाई नेपाली चलचित्रमा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ । उनले नेपाली चलचित्र ‘मितज्यू’मा अभिनय गर्ने कन्र्फम भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने चलचित्रका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि यसवर्षको सुपरहिट चलचित्र ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शकमा आएको चलचित्रले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने चलचित्रमा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को-को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।

आगामी वर्षको चैत २७ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको चलचित्रका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

प्रतिक्रिया