बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २८ बुधवार । भोलि बिहिबारबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।
यसैबिच, यो चलचित्रको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको यो चलचित्रलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा चलचित्रको उच्च चाप छ । यसैले, यो चलचित्रले पाएको शोजलाई सुखद मान्नुपर्छ ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्रले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । चलचित्रमा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
चलचित्रमा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको जापान र कतारबाट पनि निकै राम्रो प्रतिक्रिया आएको छ । निर्माणपक्षले चलचित्र सेन्सरका लागि फाइल जापान र कतार पठाएको छ । त्यहाँबाट पनि निकै राम्रो प्रतिक्रिया आएको निर्माणपक्षले बताएको छ । नेपालका दर्शकले पनि चलचित्र मन पराउने विश्वास निर्माणपक्षको छ ।
यो चलचित्रलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । भोलि फागूपूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा चलचित्र हेर्न पाउनेछन् ।
चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण पनि यसले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया