बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र ४ सोमवार । चलचित्र ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो चलचित्रले दर्शककोे सुखद साथ पाइरहेको छ ।
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो चलचित्रले हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो चलचित्रले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो । नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै फिल्मले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् ।
एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो चलचित्रले न्यायको बिषय उठान गरेको छ । चलचित्रको कथावस्तु, प्रस्तुति, मेकिङलाई दर्शकले निकै रुचाएका छन् । यहीकारणले पनि दर्शकको आकर्षण चलचित्रप्रति बढेको हो ।
चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया