बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र ५ मंगलवार । र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ । चलचित्र ‘आउटलः दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो चलचित्रको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर चलचित्रमा समावेश गरेको हो ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको चलचित्रमा चुल्ठे काजीको एक्सन छ । यो चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको छ । जसकाकारण पनि चलचित्रले रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ ।
प्रतिक्रिया