बिशाल चौतारी समाचार
काठमाडौं,२०८१ चैत्र २४ आइतवार। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ । चलचित्रको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ ।
यसैबिच, यो चलचित्रको जापान अधिकार विक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो चलचित्रको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।
नायक राजेश हमालको कमब्याक चलचित्र भएकाले पनि यसको चर्चा बढेको छ । साथै, चलचित्रको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो ।
राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी चलचित्रमा छ । यो चलचित्रको जेठ ९ गतेबाट रिलिजमा आउँदैछ ।
प्रतिक्रिया