बिशाल चौतारी समाचार
काठमाडौं२०८१ चैत्र २७ बुधवार। जुम्लामा छायांकन भइरहेको चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट चलचित्र रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई सातापछि यो चलचित्र रिलिजमा आउन लागेको हो । काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।
हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो चलचित्र बनेको हो ।
यो चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ ।
निसाल पौडेलको छायांकन रहेको यो चलचित्रको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।
प्रतिक्रिया