Bisal Chautari Logo

‘नरसिंहाः अवतार’मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा

- २७ चैत्र २०८१, बिहीबार २१:०० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र २८ बिहिवार।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ । सार्वजनिक पोस्टरले चलचित्र भित्र राज र सनिषालाई जोडीको रुपमा हेर्न सकिने वुझ्न सकिन्छ ।


चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो चलचित्रबाट उदाउने दाउमा छन् । चलचित्रमा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् । यो चलचित्रका लागि राजले निकै मिहिनेत गरेको वुझिएको छ । यो चलचित्रका लागि राजले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
चलचित्रमा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।
चलचित्रमा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।
चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको यो चलचित्रको नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई स्थान दिइएको नयाँ पोस्टर सार्वजनिक भएपछि दर्शकमा उत्साह अझै बढ्ने देखिएको छ । यो पोस्टरले चलचित्र एक्सनसँगै रोमान्टिक जनरामा बनेको वुझ्न सकिन्छ । 

प्रतिक्रिया