बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र २९ शुक्रवार। फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले चलचित्र ‘मातृभूमि’ निर्माण गर्ने भएको छ । चलचित्रमा कविता राई लिङ्देन निर्माता छिन् ।
दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्रमा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहनेछ ।
निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालको विभित्र जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार चलचित्रको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ ।
नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको चलचित्रमा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् ।
चलचित्रमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ ।
चलचित्रमा दावा रिन्जिङ शेर्पाको निर्माण व्यवस्थापन, नवराज केसीको अन्तर्राष्ट्रिय व्यवस्थापन रहनेछ ।
प्रतिक्रिया