Bisal Chautari Logo

बुसान एसियन् चलचित्र विध्यालय मा छात्रवृत्तिमा छानिए नेपाली युवा निर्देशक

- २८ चैत्र २०८१, शुक्रबार १८:४९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र २९ शुक्रवार।
विश्व कै प्रख्यात गनिने चलचित्र विध्यालय, बुसान एसियन फिल्म स्कूल मा नेपाल बाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। । बुसान फिल्म स्कूल ले एसिया मुलुक बाट मात्र १८ जना युवा चलचित्र कर्मि हरु लाई छात्रवृत्तिमा छान्ने काम गर्छन । यी छानिएका १८ जना बुसान कोरिया मा बसेर अन्तरास्ट्रीय निर्माता हरु सङ्ग मिलेर आफ्नो चलचित्र को तयारी गर्छन्। । हालै नेपाल् मा पहिलो पटक् आइफोन द्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक् जेसन लोप्चन अहिले बुसान कोरिया मा छन्। ।

उनि कोरिया को बुसान एसियन फिल्म स्कूल मा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माता हरु सङ्ग मिलेर आफ्नो दोश्रो चलचित्र को तयारि गर्ने छन्। । चलचित्र को पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ भने, चलचित्र को छयाङ्कन् आउने साल, २०२६, नेपाल मै गरिने भनेर बताउछन् निर्देशक जेसन लोप्चन ।

उन्को पहिलो चलचित्र, A PLACE UNDER THE SUN, अहिले एम् एस् एम् भिडियो मा उपलब्ध छ भने  उन्ले यस् अगाडि मेयर बालेन शाह को “मार्फा को मदिरा” गीत को भिडियो पनि निर्देशन् गरेका थिए ।

प्रतिक्रिया