बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र ३१ आइतवार। जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’बाट नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी चलचित्रमा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।
यो चलचित्रलाई लिएर नीति शाह निकै नै उत्साहित छिन् । उनले, नायक राजेश हमालसँग चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।
चलचित्र ‘नरसिंहाः अवतार’लाई लिएरदर्शकहरु निकै नै उत्साहित छन् । यसकारण पनि यो चलचित्रले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया