बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ बैशाख, १ सोमवार । शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र पिताम्बरको क्रजे गज्जब बनेको छ। ओपनिङ बाट नै उतसहजनिक व्यापार गरिरहेको पिताम्बरले प्रदर्शनको चौथो दिन अर्थात् आज सोमबार दर्शकको दह्रिलो साथ पाएको छ। नयाँ वर्ष २०८२का दिन देशभर १ सय ८५ बढी सो सङ्ख्यासहित चलिरहेको पिताम्बरका अधिकांस सो हाउसफूल भएका छन् ।
सोमबार बेलुका काठमाडौंको अष्टनारायण हल दर्शकहरूको कब्जामा रह्यो भने कतिपय दर्शकले टिकट नै नपाएकासमेत प्रतिक्रिया दिए । यसरी चलचित्रलाई दर्शकको बलियो साथ रहेकै कारणप्रतिक्रिया आज सोमबारबाट हलहरूले सो सङ्ख्या बढाएका थिए। दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती चलचित्र बजारलाई सक्रिय बनाएको छ।
चलचित्रले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् । चलचित्र हलमा पिताम्बरका दर्शक भीड लाई सम्बोधन गर्दै सौगातले भनेका छन् ‘यो दर्शकहरूको माया हो । दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् । एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चाैलागाईंकाे चलचित्र बजारमा चर्चा बढेकाे छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।
प्रतिक्रिया