प्रिमियरमा तथा च्यारीटी सो मा अभिनेत्री निशा अधिकारीले राजनीतिक र खेलकुद क्षेत्रका चचिर्त हस्तीहरुलाई निमन्त्रणा गर्ने भएकि छिन् । निमन्त्रणामा अभिनेत्री निशाले चलचित्रको बारेमा सानो बहसपनि गर्ने भएकि छिन् । चलचित्रको दोस्रो प्रिमियर तथा च्यारीटि सो अभिनेत्री निशाको एन्जियो संस्था युवा उद्यमले गर्ने भएको हो ।
केही दिन अघि काठमाण्डौमा आयोजना गरिएको च्यारेटी शोमा पनि अभिनेत्री निशा प्रोमोशनमा व्यास्त थिए । चलचित्र ‘मायाज बार’मा अभिनय गरेपछि निर्माता सुनिल मानन्धर सँग अभिनेत्री निशाको दोस्ती बढेको हो । ह्वील चेयरमा जिवनलाई अगाडी बढाइ रहेका प्रविण श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई धेरै दर्शक तथा चलचित्रकै कलाकारहरुलेपनि पर्खाइमा राखेका छन् । चलचित्रलाई पहिलो प्रिमीयर सो तथा च्यारिटिमै चलचित्रका समिक्षकहरुले उत्कृष्टमाता राख्दै धेरै राम्रो चलचित्र बनेको बताएका थिए ।
चलचित्रका निर्माता सुनिलले सौर्यसंग कुराकानि गर्दै चलचित्र ‘मोक्ष’को स्क्रृप्टलाईपनि आफुले अभिनेत्री निशाले राम्रो भनेपछि मात्र लगानी गरेको थिए ।’ च्यारेटी शोबाट पाएको तारिफले आफु चलचित्र ‘मोक्ष’ चल्नेमा ढुक्क रहेको बताए ।
प्रतिक्रिया