विशाल चौतारी समाचार
काठमाडौं, ११ माघ । यहि माघ १७ गतेबाट प्रर्दशनमा आउँन लागेको चलचित्र
‘प्रोड्युसर’का निर्देशक जनकराजदिप पराजुली विदेश गएर फरार भएपछि चलचित्रका प्रोड्युसर
ज्योतिराज राई तनावमा रहेका छन् ।
केहि समय अगाडी चलचित्र प्रर्दशन गर्नका लागी दुवई गएका निर्देशक पराजुली उतै फरार भएपछि चलचित्र
‘प्रोड्युसर’का प्रोड्युसर राई तनावमा परेका हुन् ।
विशाल चौतारी संगको कुराकानिको क्रममा राईले भने–‘चलचित्र प्रर्दशन मिति नजिकिदै गर्दापनि निर्देशक विदेश गएर सम्पर्कमा नआएका कारण हामि चलचित्रका सबै युनिट धेरै तनावमा रहेको छौ ।’

चलचित्र ‘प्रोड्युसर’ उपत्यकामा १७ गतेदेखी लाग्ने भएपनि, उपत्यका बाहिर भने चलचित्र १६ गते अर्थात उपत्यकामा लाग्ने मिति भन्दा एक दिन पहिला लाग्ने भएको छ । प्रोड्युसर ज्योतिराज राईका अनुसार उपत्यका र उपत्यका बाहिर गरि अल नेपालमा करिव ९० हलहरुमा लाग्ने बताए । चलचित्रको पव्लिसिटिमा प्राय सबै कलाकारहरु अहिले व्यास्त रहेका छन् ।
प्रतिक्रिया