विशाल चौतारी समाचार
काठमाडौं, ९ माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कांग्रेसले निहुा खोज्यो भने बाम सहकार्यको सरकार गठन हुने बताएका छन् । प्रेस चौतारीले गरेको कार्यक्रममा गौतमले राष्ट्रपति बचाउान खोजेर कांग्रेसले राष्ट्रलाई बन्धक बनाएको भन्दै मुलुकलाई निकास दिन यस्तो विकल्प अपनाउान एमाले तयार रहेको बताए ।
उनले राष्ट्रपतिलगायतको टुंगो संविधानसभाले लगाउाने भन्दै यसका लागि एमाओवादीसाग सहमति भइसकेको बताए । दुई बर्षका लागि निर्वाचित राष्ट्रपति बर्षाैसम्म रहनु लोकतन्त्रको मान्यता विपरित हुने बताए । राष्ट्राध्यक्ष कि मन्त्रिपरिषद अध्यक्षले बैठक बोलाउाने भन्ने बखेडा पनि कांग्रेसले समय बर्बाद बनाएको उनले बताए ।
गौतमले संविधान निर्माण नभएसम्म कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने एमालेको आधिकारिक धारणा अहिलेसम्म यथावत रहेपनि एमालेसाग कांग्रेस आफै टाढिन खोजेको बताए । कहिले एमाओवादी र कहिले एमालेसाग बार्ताको नाममा कांग्रेसले आफै बढारिने बाटो रोज्दै गएको बताए ।
एमालेको नवौं महाधिवेशनलाई एकता र सर्वसहमतिको बनाउाने पहल आफुले थालेको पनि बताए । सर्वसहमतिको प्रयासमा झलनाथ खनाल, माधव नेपाल र केपी ओलीसागै अध्यक्षको प्रत्यासी आफु पनि भएको घोषणा गरे । उनले भने – तीनै जना मभन्दा कान्छा हुन्, म सर्वसहमतबाट अध्यक्ष बन्नु अनौठो होइन । गौतमले संसदीय दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्रीमा सहमति गरेर सर्वसहमत नेतृत्व चुन्ने बताए ।
प्रतिक्रिया