मुम्बई : बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरेको लामो समय भैसकेपनि समस्या समाधान हुन भन्दा अझ बढि केसहरु बढिरहेको छ । यस मामलामा फेरी अर्को नयाँ केस थपिएको छ । जसमा यो कुरा बाहिर आएको छ की, आदित्य पन्चोलीको छोरा सुरजले अभिनेत्री जियालाई आत्महत्याको लागी उक्साएका थिए । मुम्बईमा पुलिसले ४४७ पेजको चार्जसीत तयार पारेको छ, जहाँ सुरजको नाम रहेको छ । यो चार्जसीट अन्धेरी कोर्टमा फाइल भएको हो ।

यो भन्दा पहिलापनि सुरजलाई यस केस मै गिरफ्तार गरीएको थियो । तर केहि समय पहिला उनी रिहा भएका थिए । मृतक जियाको परिवारले उनि माथि आरोप लगाएको थियो कि‘–जियाले आफु खुसी आत्महत्या गरेकी होइन, उनको हत्या गरिएको हो ।’ ३ जुन २०१३ मा अभिनेत्री जियाको आत्महत्या भएको थियो । त्यसको केहि दिनपछि ११ जुन २०१३ मा सुरजलाई पुलीसले गिरफ्तार गरेको थियो । सुरज २ जुलाई २०१३ मा जेलबाट छुटेका थिए ।

अभिनेत्री जियाले बलिउड चलचित्र उद्योगमा लागेर छिट्टै आफल्ता पाएकी थिइन् । उनले ३ फिल्ममा काम गरे, अनि सबै चलचित्रहरु बलिउड बक्स अफिसमा तहल्का मच्चाएको थियो । उनले पहिलो चलचित्र अभिनेता अमिताभ बच्चनसंग २००७ मा चलचित्र निशब्दमा लिड रोलमा काम गरेकी थिइन् ।

त्यसपछि आएर अभिनेता अमिर खानसंग २००८ मा चलचित्र ‘गजनी’मा काम गरेकी थिइन्, भने २०१० मा हाउसफुलमा काम गरेकी थिईन् ।
प्रतिक्रिया