विशाल चौतारी समाचार
काठमाडौं, ५ माघ । चर्चित बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड प्रियंका चोपडा नेपाल आउने भएकी छिन् । अभिनेत्री प्रियंकाले आफ्नो ट्विटरमा अहिलेका विश्व चचिर्त फेशन डिजाइनर प्रबल गुरुङको ट्विटलाई आधार मान्दै चोपडाले ‘नेपालमा भेटौला’ भनेकी छिन् ।

फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पोशाकमा आफूलाई निक्कै आकर्षक देखिएको भन्दै अभिनेत्री प्रियंकाले केही तस्बिरहरु पनि ट्विटर मार्फत नै सार्वजनिक गरेकी छिन् ।

गत बिहिबार न्यूयोर्कमा फेसन डिजाइनर प्रबल र अभिनेत्री प्रियंकाको भेट भएको थियो । अभिनेत्री प्रियंकालाई प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपालमा ल्याउन लागेको बताइएको छ । नेपालमा लाखौ फ्यान बनाएकि अभिनेत्री प्रियंकाले पछिल्लो समयमा हलिउड गीत गाएसंगै उनको फ्यान अझ धेरै बढेको छ । तर अभिनेत्री प्रियंका कहिले नेपाल आउने भन्ने बारेमा चाहि केही खुलाइएको छैन ।

प्रतिक्रिया