Milan Amatya albam madhur milan
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०४ शनिवार । नेपाली साङगितिक क्षेत्रमा पछिल्लो समयका चर्चित गायिका मिलन अमात्यको ‘मधुर मिलन’ नामक एल्बम बिमोचन भएको छ । गायिका अमात्यसंगै गीतकार राजु बाबु श्रेष्ठ, म्युजिक कम्पोजर सुनिल मास्के र म्युजिक एरेञ्जर सचिन सिंहले यो एल्वमलाई सामुहिक रुपमा ल्याएका हुन् । एल्बमको विमोचन हिजो शुक्रवार एक भब्य समारोहका बिच गरिएको थियो ।
‘मधुर मिलन’ नामक एल्बमलाई प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राई, अतिथीहरु वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, पुर्व प्रधान सेनापती रुक्माङगत कट्वाल, एल्बमका चारैजना स्रष्ठाहरुले एकसाथ विमोचन गरेका थिए । एल्बम विमोचन समारोहमा आयोजक संगीतकार नेपालका तर्फबाट महेश खड्काले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै अथितीहरुले गायिका मिलन लगायत अन्य एल्बमका तिन स्रष्ठालाईपनि बधाई दिएका थिए ।
एल्बम विमोचन समारोहमा दुई म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । ६ गीत समावेश एल्बममा ‘ किन लायौ मा, सोचे जस्तो भए जिवन, चाहे गाली गर प्रिय, हजारौं भिडमा, मुटु चिरी माया लग्यौ र किन लायौ माया’ बोलको गीतहरु रहेको छ । एल्बमलाई भाइब्स् क्रियशनले बजारमा ल्याएको हो ।
[gss ids=”5523,5526,5525,5524,5522,5521,5520″]
प्रतिक्रिया