kohinoor 51 Day has been observed
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १२ आइतबार । नेपाली चलचित्र क्षेत्रमा हालसम्मकै सर्वाधिक रकम कमाउन सफल सिनेमा ‘कोहिनुर’ले प्रदर्शनको ५१ औं दिन पुगेको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम गरी सञ्चारकर्मी, कलाकार तथा प्राविधिकलाई सम्मान गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्रका उपत्यका वितरक सुनिल मानन्धरले सिनेमाको निर्देशक आकाश अधिकारीलाई ५ लाख रुपैंया सहित सम्मान प्रदान गरे ।
गत साउन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्रले करिब ११ करोड माथिको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको दुई दिनमा चलचित्रले अत्यन्त न्यून व्यापार गरेपनि चलचित्रका प्रमुख कलाकार स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि यसले आक्रमक रुपमा व्यापार गरेको थियो । कार्यक्रममा चलचित्रका निर्मातामध्येका एक शम्भु श्रेष्ठले अभिनेता श्रीको सम्झनामा प्रतिष्ठान खोल्ने योजना सुनाउदै उनको नाममा पूर्ण कदको प्रतिमा बनाउनका लागि सरकारसग जग्गा माग गरे ।
उल्लेख्य चलचित्रकर्मीको उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले अभिनेता श्रीकृष्णले आफुलाई नेपाली चलचित्र क्षेत्रमा चिनाउने काम गरेर गुण लगाएर गएको बताए । मन्त्रि रिजालले आफुले कलाकारलाई सेलिब्रेटी कार्ड दिने तयारी गरिरहेको बताउदै बजारमा कलाकारको वर्गीकरण गर्ने भन्ने बारे आएको समाचार गलत भएको जनाए । चलचित्रकी अभिनेत्री स्वेता खड्का अस्वस्थ्य भएपछि कार्यक्रममा सहभागिता जनाईनन् । निर्देशक अधिकारीका अनुसार फिल्मले ११ वटा हलमा ५१ दिन मनाएको छ ।
[gss ids=”5737,5735,5739,5738,5736,5743,5744,5742,5741,5740″]
प्रतिक्रिया