मुम्बई : बलिउड अभिनेत्री कल्कि कोचलिनको हिजो विहिबारको दिन जन्मदिन परेको थियो । अभिनेत्री कल्कि हिजोबाट ३० वर्षकी भईन् । अभिनेत्री कल्किले बलिउडमा आफ्नो फिल्म करियरको शुरुवात चलचित्र ‘देव डी’बाट २००९ बाट सुरुवात गरेकी थिईन् ।

यस चलचित्रमा अभिनेत्री कल्किले चन्द्रमुखिको क्यारेक्टर निभाएकी थिईन् । यस क्यारेक्टरका लागि उनले बेष्ट सर्पोटिङ अभिनेत्रीको अवार्ड फिल्म फेयरमा मिलेको थियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘जिन्दगी ना मिलेगि दोवारा’ बाटपनि उनलाई अर्को सार्पोर्टिङ अभिनेत्रीको अवार्ड मिलेको थियो ।

अभिनेत्री कल्किले अभिनयसंगै आफ्नो श्रीमाण अनुराग कश्यपको साथ स्क्रीन राईटरको कामपनि गर्न सुरु गरेकि थिईन् । अभिनेत्री कल्कि फ्रान्स मुलुककी इन्डियन अभिनेत्री हुन् । अभिनेत्री कल्किले ‘माई फ्रेण्ड पिन्टो’, संघाई, एक थी डायन, ये जवानी है दिवानी लगायतका चलचित्रहरुमा काम गरीसकेकी छिन् ।

अभिनेत्री कल्कि र अनुरागको प्रेम सम्वन्ध २००९ मा चलचित्र ‘देव डी’ को सुटिङको क्रममा भएको थियो, भने उनिहरुको बिवाह २०११मा भएको थियो । तर उनिहरुको सम्वन्ध विग्रदै आएपछि २०१३ मा छुट्टाछुट्टै बस्ने निधो गरिसकेका छन् । आफ्नो बिबाह सम्वन्धबाट छुट्टि लिएकि अभिनेत्री कल्किले आफ्नो लुक्सलाई डिफ्रेण्ड बनाएकि छिन् । उनले आफ्नो बर्थमा बनाएको फरक लुक्सले उनका फ्यानहरुले तारीफ गरेका छन् ।
प्रतिक्रिया