काठमाडौं, २५ पुस । चर्चित गायक राजेश पायल राईले बिबाह गर्ने उमेर नपुगेको बताएपनि उनका साङ्गितक सन्तानहरु दिन प्रतिदिन बढ्दै गईरहेको छ । यस्तै क्रममा गायक पायलले आफ्नो पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’को दास्रो म्युजिक भिडियो छायाकन गरेका छन् ।

‘एटम बम’ बोलको गीतमा गायक पायलले आफ्नो म्युजिक भिडियोमा पछिल्लो मोडलको रुपमा दिप्ति राज भण्डारीलाई लिएका छन् । नेपाल भन्दा बाहिरै बस्दै आएका मोडल दिब्यालाई आफुले म्युजिक भिडियोमा नजिकका साथि भएकाले लिएको बताए ।

मोडल दिप्तिले विशाल चौतारीसंग कुराकानि गर्दै गायक राजेश पायलको म्युजिक भिडियोमा हिरोईन हुन पाउदा धेरै खुसि लागिरहेको बताईन् । आफुलाई म्युजिक भिडियो कतैआफ्नो कारणले तँ नराम्रो हुने होईन भन्ने डर चाहि लागिरहेको बताईन् ।

प्रतिक्रिया