mala limbu hot dance infa film awards 2070
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३० बिहीवार । आधा दर्जन भन्दा बढी म्युजिक भिडियो तथा गुडबाई काठमाडौ र वान वे चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री माला लिम्बुले इन्फा अवार्डको टप ५ नोमिनेशन सार्वजनिक कार्यक्रममा हट डान्स प्रस्तुत गरेकी छिन् ।
आउदो २६ तारिखका दिन हङकङमा आयोजना हुन लागेको इन्फा अवार्डको नोमिनेशन होटल हायातमा भब्यताका साथ गरिएको थियो । सोही कार्यक्रममा अभिनेत्री मालाले आफ्नो जादुमयी डान्स प्रस्तुत गरेकी हुन् । मालाले कार्यक्रममा उध्रको चोलीबाट सुरुवात गरेकी थिइन् । दर्शक दिर्घामा रहेका चलचित्रकर्मी तथा पत्रकारहरुले उनको डान्सलाई कानेखुसी गर्दै तारिफ गरेका थिए । अभिनेत्री मालाले क्रमश: झलक झलक झल्के झै घैलाको पानी, जिकीज्याक जवानिमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
[gss ids=”5861,5862,5863,5864,5865″]
प्रतिक्रिया