nepali Popular singer Rajesh Payal Rai is performing in New York
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३१ शुक्रवार । नेपाली साङगितिक तथा नेपाली पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईलेको न्यू योर्क शहरमा अक्टोबर ३१ तारिखका दिन एकल साङगितिक साझको आयोजना हुने भएको छ ।
न्यू योर्कको अस्टोरिया स्थित चियान फेडेरेसन हालमा अक्टोबर ३१ तारिख बेलुकी ७ :३० बजे राई साङगितिक साझको आयोजना गरिएको बताए । ब्याबसायी एबं कार्यक्रम संयोजक केशबराम राईका अनुसार उक्त सांगितिक साझबाट संकलित रकम मध्री खर्च कटाई बाकी रकम खोटाङ जिल्लाको रातमाटे गाबिसस्थित गत बर्ष स्थापित साकेला बहुमुखी क्याम्पसको ब्याबस्थापनकोलागि अनुदान प्रदान गरिने जनाईएको छ । नेपालीहरु बसोबास गरेका युरोप, मिडलाईस्ट, एशियाका प्राय : सबै मुलुकमा पुगेर नेपाली गीत संगित प्रस्तुत गर्दा दर्शकहरुले अत्यन्त उत्साहकासाथ आफूलाई स्वागत गरेको, नेपाललाई ”मिस” गरेको र नेपाली गीत संगितप्रति चाँसो र माया दर्शाएकोमा आफू आभारी रहेको बताए ।
अमेरिकामा दोस्रो पटक आफ्नो एकल सांगितिक यात्रामा निस्केका गायक राईले डिसि, टेनेसी, पेन्सेल्भानिया र नर्थ डाकोटामा गरी ४ शो गरी सकेको र न्यू योर्क लगायत अरु ७ वटा शोहरु आयोजना हुदै गरेको जानकारी गराए ।
प्रतिक्रिया