rupkumar rai, ganesh ishara, neelam roju rai, padam rai thulung
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ७ शुक्रबार । रथोङमा रोमली स्मृती अक्षयकोष स्थापनार्थ गरिएको देउसी भैलो तथा सास्कृतिक कार्यक्रममा कलाकारहरुले भव्य प्रस्तुती दिएका छन् । केही दिन अगाडी काठमाडौको एक हलमा थुलुङ राई समुदायको भाषा, धर्म, संस्कृती, साहित्य, संगीत र इतिहासको संरक्षण सम्र्वदन तथा विकास गर्न संगीतको माध्ययमबाट योगदान दिन चर्चित कलाकारहरुदेखी नव कलाकारहरुको सम्म जमघट थियो ।
थुलुङ राई सास्कृतिक कलाकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी तथा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले कार्यक्रममा बोल्दै बधाइ दिए । औपचारीक कार्यक्रमको पश्चात सास्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको अन्तमा प्रस्तुती दिएका चर्चित गायक रुपकुमार राईको प्रस्तुती सबैभन्दा भब्य रहेको थियो । गायक रुपकुमारले दुई गीत गाउने भनेर आएपनि कार्यक्रममा वान्समोरको कारणले ४ चोटी गाए । उनको चर्चित गीत रामसाइली दुई पटक दोहोर्याएरै गाएका थिए । गायक रुपकुमार राईले स्टेजमा गाउदा दर्शकदिर्घामा बसेका सबै दर्शकहरु स्टेजमा आएर नाचेका थिए ।
कार्यक्रमको सुरुवातीमा चर्चित गायिकादय पार्वती राई र सरला राईले नाना छापारी बोलको गीतबाट कार्यक्रमको सुरुवात गरे । दुई गायिकाको प्रस्तुतीलाई दर्शकहरुले वान्समोर भनेपछी थप दुई गीत गाए । कार्यक्रममा अगाडी बढाउने क्रममा थुलुङ राईको संस्कृती झल्कने गीतहरुमा कलाकारहरुले नृत्य गरेका थिए ।
उता केही समय अगाडी मात्र हरपल नामक एल्बम लिएर नेपाली साङगीतिक क्षेत्रमा भित्रिएकी संगीतकार, गायिका तथा गीतकार निलम रोजु राईको प्रस्तुतीलाईपनि दर्शकहरुले नाचिनाचि वान्समोर भनेका थिए । गायिका रोजुले आफ्नो एल्बममा समावेश दुई गीत गाएकी थिइन् । कार्यक्रममा चर्चित युवा ह्यान्डसम गायक पदम राईको प्रस्तुतीपनि दमदार रर्यो । कार्यक्रम सञ्चालकले एउटा कलाकारको अगाडीको नाम गायक जस्तै आफ्नो अगाडीको नाम ह्यान्डसम छुटाएको बताए । पदमले आफ्नो एल्बममा समावेश गीत नै गाएका थिए ।
त्यस्तै नेपाली हास्यब्याङग्य क्षेत्रमा निकै लामो समयदेखी योगदान दिदै आएका चर्चित हास्य अभिनेता गणेश इशाराले उपस्थित दर्शकहरुको पेट मिचिमिची हसाए । उनको हास्य प्रस्तुतीसंगै उता अर्का हास्यब्याङग्य अभिनेता मान्य सदश्य ज्यु नामले परिचित लोक गायक कल्याण राईले देउसी भट्ट्याएर उपस्थित सम्पुर्ण दर्शकहरुलाई स्टेजमै तान्न सफल रहे ।
त्यस्तै अर्का गायिका सबु राईको प्रस्तुतीलाईपनि उपस्थित दर्शकहरुले मनपराएका थिए । कार्यक्रममा अन्य धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रम २ बजेदखि ४ बजेसम्म चल्ने भनिएपनि ६ बजेको थियो । यस कार्यक्रममा चर्चित गायिका आभा मुकारुङ राई, गायक तथा संगीतकार राई नविन, गीतकार टिका चाम्लिङ, अभिनेता निर्भिक राई लगायत उपस्थित रहेका थिए ।
[gss ids=”6017,6009,6019,6018,6007,6016,6015,6014,6013,6012,6011,6010,6008″]
प्रतिक्रिया