विशाल चौतारी समाचार
काठमाडौं, १७ पुस । करिब २८ बर्ष अगाडि बलिउड चलचित्र क्षेत्रमा काम गरेका कलाकार सुनिल थापा पुनस् बलिउडमा फर्किएका छन् । र उनको व्यस्तता बलिउडमा विस्तारै बढ्दै गइरहेको छ । कलाकार सुनिल थापा हाल बलिउड अभिनेत्री, पुर्व मिस वल्ड तथा पछिल्लो समयमा गायिका समेत रहेकी प्रियंका चोपडासँग ‘म्यारी कोम’ नामक चलचित्रमा काम गरिरहेका छन् ।

आज बुधवार भएको एक कार्यक्रममा पहिलो पटक मिडियाको अघि चलचित्रको लुक्समा देखिएका कलाकार थापाले बलिउडमा आफ्नो पछिल्ला कामको बारेमापनि बोलेका छन् । ‘म्यारी कोम’ पश्चात भारतको चचिर्त फिल्म कम्पनी यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको सुनिलले बताएका छन् ।

‘म्यारी कोम’ नामक चलचित्रमा सुनिल प्रियंकाको गुरुको भूमिकामा देखिदैछन् । प्रियंकाको गेटअप फरक भएकाले पनि चलचित्रको बारेमा केही भन्न नमिलेको उनको तर्क रहेको छ । यस चलचित्रको ४० प्रतिशत छायांकन सकिएको सुनिलले बताएका छन् । उनले अभिनेत्री प्रियंकाको काम गर्ने शैलीबाट आफू प्रभावित भएकोपनि बताएका छन् । पिताको निधन भएको ५ दिनमै अभिनेत्री प्रियंका काममा फकिर्एको भन्दै सुनिलले बलिउड कलाकारबाट नेपाली चलचित्रकर्मीले धेरै कुरा सिक्नुपर्नेपनि सुझव दिए । चलचित्रको छायांकन सेटमा मोबाइल समेत लैजान नपाइने अनुभव सुनिलले सिरय गरेका छन् । उनले आफूले ‘म्यारी कोम’को लुक्स राखेकाले गर्दा पनि नयाँ चलचित्रका लागि स्क्रिन टेष्ट गर्न नपाएको बताए । उनले फेब्रुअरीबाट भोजपुरी चलचित्रमा काम गर्न लागेको समेत बताए । करिब १ महिना नेपालमा बस्ने सुनिल थापाले एक नेपाली चलचित्रमा पनि काम गर्ने भएका छन् ।
प्रतिक्रिया