घरभित्र सेलिव्रेटी प्रस्तुति : विशाल राई
जानकी पन्थ (गितकार तथा संगितकार)
ब्रेकर : ‘गित रिलिज भएको करिव ५–६ महिनापछि मात्र मेरो घरपरिवारलाई सो गीत मैले नै लेखेको हो भनेर थाहा भएको थियो । घरपरिवालाई जब मैले सो गीत लेखेको थाहा भयो, त्यसपछि मैले महशुस गरे, कलाकारलाई परिवारको सपोर्ट कस्तो हुन्छ भनेर । संगितमा लागेर पहिलो पारीश्रमिकबाट पाएको ३ हजार पैसा दिदा बाबा रुनु भयो ।’
अहिले नेपाली साङगितीक क्षेत्रमा जुन मेरो नाम रहेको छ, त्यसको श्रेय मेरो घरपरिवारलाईपनि जान्छ । म सानो छदा साङ्गितिक क्षेत्रमा लाग्छु भन्ने केही सोच थिएन ।
तर मेरो पहिलो गित नै एसएलसी पास नभई नै रिलिज भएको थियो । ०६४ सालमा मेरो पहिलो गित रिलिज भएको थियो । चलचित्र ‘जिन्दगानी दर्पण छाया’का लागि लेखेको फस्ट गित नै चलचित्रको टाईटल गित रहेको थयो । सो चलचित्रको टाईटल गित ‘दुख्यो भन्न नपाईने’ बोलको गित रहेको थियो ।
म ५–६ क्लासमा अध्ययन गर्दादेखी नै गितहरु लेख्ने गजलहरु कोर्ने भईसकेको थिए । ९–१० क्लासमा अध्ययन गर्ने भईसक्दा म विभिन्न पत्रपत्रिका, एफएम रेडियोहरुमा प्रकाशन, प्रशारण हुने गर्दथ्यो । सोहि क्रममै लोकगीत लेख्ने प्रस्ताव आयो । लोक गायक कमल खनाल दाईले आफ्नो एल्वममा गीत लेख्न अनुरोध गरेपछी मैले ‘डाडा वारि घाम भयो डाडापारी घाम’ भन्ने बोलको गित लेखेको थिए । जुन गित बजारमा निस्कियो, त्यसपछि एकएक मिडियाहरुमा बज्न थाल्यो । एफएमहरुमा गायक, गायिकाको नामसंगै रचनाकारको नाम दिदा जानकी पन्थ भन्ने आउथ्यो । सो कुराहरु मेरो घरपरिवारले संगितमा सपोर्ट गर्दैनन्, भनेर लुकाएरै हिडेकी थिए । तर मेरो नाम घरपरिवारका सदश्यहरुले सुनेपछि मलाई सो गितको बारेमा सोध्न थाल्नुभयो, र भने । गित रिलिज भएको करिव ५–६ महिनापछि मात्र मेरो घरपरिवारलाई सो गीत मैले नै लेखेको हो भनेर थाहा भएको थियो । त्यो भन्दा अगाडिको समय सम्मपनि मलाई नेपाली साङगितिक क्षेत्रमा लाग्छु नै भन्ने चाहना थिएन । घरपरिवालाई जब मैले सो गीत लेखेको थाहा भयो, त्यसपछि मैले महशुस गरे, कलाकारलाई परिवारको सपोर्ट कस्तो हुन्छ भनेर ।
मेरो घरपरिवारमा बाबाममि, ३ जना दिदी र एक दाई र एक भाई गरी ८ जनाको परिवार रहेको छ । गुल्मि जिल्लामा जन्मिएकी म घरपरीवारमा कान्छि छोरी हु । मलाई घरपरिवारले जानु भनेर प्यारो नामले बोलाउनु हुन्छ । म घरपरिवारकी कान्छि छोरी भएकालेपनि एकदमै पुल्पुलीएर हुर्किएकि हु । म बच्चामा एकदमै बदमास थिए रे । मेरो बाल्यकालको धेरै घट्नाहरु रमाईलो रहेको छ । २ क्लासमा अध्ययन गर्दागर्दै एउटा क्लासमेट साथिसंग बिबाह गर्ने भनेर मन्दिर सम्म पुगेको थियौ ।
मन्दिरमा गएर हामिले बिबाह गर्ने भनेर पुजारीलाई आग्रह गर्दा, घरपरिवारलाई बोलाउनु पर्छ भनेर पुजारीले घरमा लिएर जानु भयो । घरका सबै सदश्यहरु हामि बिबाह गर्न गएको भन्ने सुनेपछि सबैजना धेरै हास्नु भएको थियो । यस्तै क्रममा म ठुली भइसक्दापनि स्वर्गिय राजा दिपेन्द्र शाहसंग बिबाह गर्छु भनेर जिद्धि गर्ने गरेकी थिए । तर जब दरवार हत्या काण्ड भयो, त्यहि क्रममा मेरो किश्रावस्थाको सपनाहरु तुहिएर गयो । त्यहि बेला मलाई बाबाले भनेको कुरा याद आयो ‘जुनलाई हेर्न सकिन्छ तर छुन सकिदैन र पाईदैनपनि ।’ म दिपेन्द्रको मृत्युमा धेरै रोएकी थिए ।
म घरभित्रको काममा चाहि अलि अल्छि छु । मलाई घरभित्रका कामहर खासै केही आउदैन । किचेनको काम मात्र चिया बनाउनु आउछ । घरपरिवारको कान्छि छोरी भएकीले पुल्पिुलिएरै हुर्किए । घरमा खानाहरु बनाउनुपर्ने बाध्यता नभएकालेपनि मलाई भान्छाका कामहरु केहि आउदैन । काठमाडौमा आएपछिपनि मैले किचेनका कामहरु खासै गर्न परेन । होस्टेलमा बस्ने हुनालेपनि मलाई, किचेनमा गईरहनको जरुरी परेन । काठमाडौमा मेरो अङ्कल–आन्टि हुनुहुन्छ, उहाहरुपनि मेरो बाबाममि भन्दा कमि हुनुहुन्न । कहिलेकाही उहाहरुकोमा गएर केहि किचेमा काम गर्न थाल्यो, पदैन, बच्चै छस् भन्न थाल्नुहुन्छ । बरु मलाई घरबेबहारहरु चाहि राम्रोसंग थाहा हुन्छ । मैले साङ्गितिक क्षेत्रमा लागेर मेरो घरपरिवारलाई दिएको पहिलो कमाई, पहिलो चलचित्रको गित लखेर पाएको ३ हजार रुपैया बाबालाई दिएकी थिए । बाबा त्यो पैसा दिदा रुनु भएको थियो ।
म कलाकारीतामा जति नै सफल भएपनि मेरो घरपरिवारको चाहना चाहि म वलिक बनोस् भन्ने थियो । र मैलेपनि घरपरिवारको चाहना अनुसार सो चाहनालाई अपनाएकी थिए । र त्यो घरपरिवारको सपनापनि पुरा गर्ने मेरो चाहना रहेको छ । मेरो साङ्गितिक क्षेत्रलाई साथमा राख्दै सर्वोच्च अदालतको न्यायधिस बन्ने चाहना रहेको छ । र यस काममापनि म जोखिमहरु मोल्दै अगाडि बढ्नेछु । जस्तो साङ्गितिक क्षेत्रमा एउटी महिलाले केही गर्न सक्दिनन् भन्ने आरोपहरु थिए ।
अन्तमा म मेरो घरपरिवारका सबै सदश्यहरुलाई सहयोग र साथको लागि धन्यवाद भन्दै मलाई यस धर्तिमा जन्मदिनु हुने बाबाममिलाई भन्न चाहान्छु– म तपाईहरुको कोखबाट अर्को जन्ममापनि छोरी नै भएर जन्मन पाउ † कतै बाटोहरु विराएछु भने खबरदारी गर्न मेरो सबै घरपरिवारलाई आग्रह गर्दछु ।
watch this bisal chautari youtube video
प्रतिक्रिया