मुम्बई : पछिल्लो केहि दिनदेखी बलिउड अभिनेत्री कंगना रानावत पुरै दुनियामा घुम्दै मानिसहरुसंग हनिमुनको टिप्स मागिरहेकी छिन् । तर उनले यो टिप्स रियल लाईफमा नभएर उनको पछिल्लो चलचित्र ‘क्वीन’को शुटिङको क्रममा मागेकी हुन् । यस चलचित्रमा अभिनेत्री कंगना प्रमुख भुमिकामा देखिदैछिन् ।

तिन देशको १४० लोकेशनमा चलचित्र ‘क्विन’को सुटिङ भइरहेको छ । निर्देशक बिकाश बहलले निर्देशन गरिरहेको चलचित्रको ट्रेलर सार्वजनिकपनि भईसकेको छ । सार्वजनिक भिडियोमा अभिनेत्री कंगनाले मानिसहरुसंग आफ्नो हनिमुनमा के–के गरेका थिए भनेर सोधिरहेकी छिन् । कंगनाले आफु पहिलो चोटि हनिमुनमा आएको बताउदै यि कुराहरु मानिसहरुसंग सोधिरहेकी छिन् ।
प्रतिक्रिया