manuta kambang albam aawaj
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २ मंगलबार । करिव सात वर्षदेखी मिडिया क्षेत्रमा आवद्ध रहेकी मनुता काम्वाङ लिम्बुको पहिलो डेब्यु एल्बम ‘आवाज’ बजारमा आएको छ । पत्रकारदेखी गायिकाको समेत उपनाम थपेकी मनुताको पहिलो एल्बम आवाजको हिजो काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको थियो ।
एल्बमको विमोचन महिला अधिकारकर्मी समाजसेवी तथा शक्ति समुह नेपालकी निवर्तमान अध्यक्ष चरीमाया तामाङ, पुर्व मिस मंगोल मुुस्कान नेम्वाङ एल्बमका गायक, गायिका, संगीतकार तथा रचनाकारले विमोचन गरेका थिए । गायिका मनुताले म्युजिकको औपचारीक शिक्षा नवरथ संगीत पाठशालामा संगीत गुरु डेनी निरौलासंग लिएपछी एल्बम ल्याएकी हुन् ।
एल्बममा सुन्ने थियो, यो यात्रा, टाढा टाढा, किन किन, नसालु त्यो नजरले, आएन कहिले बोलको गीतहरु समावेश गरिएको छ । ६ गीत समावेश गरिएको एल्बममा टाढा टाढा र शुन्य थियो बोलको दुई गीतको म्युजिक भिडियोपनि बजारमा ल्याइसकेकी छिन् । दुबै गीतको म्युजिक भिडियो युगल पोमोले निर्देशन गरेका हुन् । यी दुई गीतहरुमा दिया मास्के, पुजन राई र मुस्कान नेम्बाङले अभिनय गरेका छन् ।
रुवुशा क्रिएटिभ वर्कसले बजारमा ल्याएको एल्बममा राहुल प्रधान, डेनी निरौला र ताराप्रकाश लिम्बुको कम्पोज रहेको छ, भने मिना सिंगक, लिला श्रेष्ठ र उषा जवेगुको शब्द रहेको छ । एल्बमका डोयट गीतहरुमा फिचरीङ गर्न पछिल्लो समयका निकै ब्यास्त गायक उत्तमजंग लिम्बुले साथ दिएका छन् ।
[gss ids=”6416,6414,6415,6413″]
प्रतिक्रिया