विशाल राई
काठमाडौं, ४ पुस । नेपाल चलचित्र निर्देशक समाज र प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यलयसँग मिलेर आयोजना गरेको प्रतिलिपी अधिकार बिषयमा विहिबार गरिएको एक दिने गोष्ठी सम्पन्न भएको छ । बहसमा बोल्ने क्रममा बरिष्ठ अभिनेता निर शाहले चलचित्र विकाश बोर्ड खारेज हुनुपर्ने तर्क दिएका छन् । यससंगै कार्यक्रममा बहसमा उठेको विषय अधिकांश चलचित्रकर्मीहरुले आथिर्क अधिकारलाई जोड दिएका थिए ।

बरिष्ठ अभिनेता शाहले बोल्ने क्रममा विकाश बोर्डमा कुनैपनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता नरहेको बताउदै अभिनेता शाहले निष्क्रिय बोर्ड रहनुको अर्थ नरहेको बताए । नचाहिने कामहरुमा भने सक्दो पैसा खर्च गर्दै गईरहेकोपनि अभिनेता शाहले बताएका थिए । अभिनेता शाह पुन: विकाश बोर्डको अध्यक्ष हुन लागि परेका थिए । अभिनेता निर शाहलाई सम्पुर्ण कलाकारहरुको प्रतिनिधित्व गर्ने गरी बोल्न लगाईएकोले लामो समय बसमा बोलको थिए । बोल्ने क्रममा अभिनेता शाहले निर्देशक समाजले उठाएको बौद्धिक प्रतिलिपि अधिकारको मुद्धालाई सम्बोधन गर्दै कलाकार सहित प्राबिधिकको पनि बौद्धिक अधिकार सुनिश्चित गरिनुपर्ने माग राखेका थिए । अधिकार खोज्दापनि अरुको अधिकार मर्नेगरि अधिकार खोज्न नहुनेपनि तर्क दिए ।

स्वर्गिय बरिष्ट निर्देशक शिव रेग्मिको निधनप्रति एक मिनेट मौन धारण गरिएर सुरुवात भएको प्रतिलिपी अधिकार बिषयात्मक कार्यक्रममा प्राय चलचित्रकर्मिहरुको एउटै बहस अधिकारको बिषयमा सबै स्पष्ट भएतापनि आथिर्क अधिकार कसरी बाँडफाँड गर्ने भन्ने बिषयमा बहस गर्नु जरुरी रहेको धारणा रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा मन्त्रायलका सह सचिव रञ्जन कृष्ण अर्यालले कार्यक्रममा बोल्दै सबै जना मिलेर प्रतिलिपी अधिकारको बिषयमा एउटा धारणा बनाउनुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले कलाकारहरुले पारिश्रमिक लिइसकेपछि अन्य अधिकारमा दावा गर्न मिल्ने या नमिल्ने बिषयमा छलफल गर्न जरुरी रहेको तर्क राखे । चलचित्र संघका महासचिव प्रदीप उदयले निर्देशकको बौद्धिक अधिकारको हनन गर्न नमिल्ने भन्दै चलचित्रको हरेक सामाग्रीमा नाम राख्नै पर्ने बताए । उनले सम्पत्तिको अधिकार जस्को हुन्छ त्यसकै प्रतिलिपि अधिकार हुने धारणा राखेका थिए । त्यस्तै बोल्ने क्रममा चलचित्र निर्माता संघका महासचिव केशव भट्टराइले आफ्नो चलचित्र लागेको घाटालाई जोड्दै चलचित्र निर्देशकहरुको बौद्धिक सम्पत्ति भएको कुरामा दुइमत नभएतापनि आथिर्क बिषयमा भने छलफल हुन जरुरी भएको बताए । महासचिव भट्टराईले आफ्नो चलचित्र ‘सो सिम्पल’ले ५० लाख घाटा ब्यहोरेको बताउँदै घाटाको जिम्मा चलचित्रमा आबद्ध अन्य व्यक्तिहरुले लिन जरुरी छ या छैन भन्ने प्रश्न पेश गरेका थिए । त्यस्तै प्रतिलिपी अधिकार बिषयात्मक कार्यक्रमका सभापती एवं चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसीले यस्ता बहस कार्यक्रमले एकैचोटिमा रिजल्ट नआउँने भन्दै सम्बन्धित निकायलाई दबाब दिन र सहयोगी हात बढाउन आग्रह गरे । निर्देशक डिसीले सेन्सर सटिफिर्केटमा निर्देशकको नाम नलेख्ने गरेकोमा बिगत केहि महिनादेखि समाजकै पहलमा नाम लेखिन थालेको समेत जानकारी गराए । आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने उनको धारणा थियो ।

प्रतिलिपी अधिकार बिषयात्मक बहस कार्यक्रममा प्रतिलिपी अधिकार र चलचित्र तथा नेपालको प्रतिलिपी अधिकार ब्यवस्था र सम्बन्धमा रजिष्ट्रार बिसु कुमार केसीले ३६ बुदाका कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा –‘बौद्धिक सम्पति, बौद्धिक सम्पतिको विवरण, प्रतिलिपी अधिकार, प्रतिलिपी अधिकारको क्षेत्र, प्रतिलिपी अधिकारको स्वामित्व, चलचित्रजन्य रचनाको प्रतिलिपी अधिकार, प्रतिलिपी अधिकारको स्वरुप, आर्थिक अधिकार र नैतिक अधिकारहरु, प्रतिलिपी अधिकारको संरक्षण अवधि, सम्बन्धित अधिकार, प्रस्तोताको अधिकार, प्रसारण अधिकारको संस्था, ध्वनिअङ्कन अत्पादनको अधिकार, रोयल्टी संकलन संस्थाको काम, प्रतिलिपी अधिकारको व्यावस्थापन, चलचित्र प्रतिलिपी अधिकारहरुको संग्रह हो, प्रतिलिपी अधिकार सम्झौता विस्तृत हुनुपर्छ, प्रतिलिपी अधिकार सम्झौता गर्दा यि कुरामापनि ध्यान दिनुपर्छ, प्रतिलिपी अधिकारको उल्लङ्घन १, संरक्षित अधिकारको उल्लङ्घन २, दण्ड सजाय, रचना ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री कब्जा गर्न सक्ने, मुद्धा कारबाही र किनारा, प्रतिलिपी अधिकार एन २०५९ का विशेषताहरु लगायत गरि ३६ बुदामा कार्यपत्र पढ्दै व्याख्या गरेर बुझाएका थिए । रजिष्ट्रार बिसुले कार्यपत्र प्रस्तुत गरिसकेपछि सो कार्यपत्र बारेमा वरिष्ट चलचित्र निर्देशक तथा कलाकार लक्ष्मिनाथ शर्माले बोलेका थिए । निर्देशक शर्माले रजिष्ट्रार बिसु कुमार केसीले प्रस्तुत गरेका कार्यपत्रलाई सहि रहेको विश्लेशण गरे । केहि कार्यपत्रहरु अलि पुरा नभएको बताउदै निर्देशक शर्माले तोकेरै उठाइएका विषयलाई प्रतिपिमि अधिकारमा आर्यन्वयन गर्दा अझ राम्रो हुने बताए ।

यस्तै कार्यक्रममा चलचित्र निर्देशक समाजका तर्फबाट प्रतिलिपी अधिकार, चलचित्र र निर्देशकहरुको प्रतिलिपी अधिकार सम्बन्धमा निलहरी काफ्ले र पाइरेसीको बिषयमा चलचित्र बिकास बोर्डका प्रशासकिय अधिकृत अनुपम पोखरेलले तेश्रो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रका बिषयमा छलफल गरेर अभिलेख तयार पारेर प्रतिवेदन बनाउने र यसलाई नीति निर्माण तथा ऐन नियम सुधारका लागि उपयोग गरिने निर्देशक समाजले जनाएको छ ।
प्रतिक्रिया