विशाल चौतारी समाचार
काठमाडौं, २ पुस । ‘नातिकाजी स्मृती समाज’ले प्रदान गर्दै आएको नातिकाजी विशेष संगीत सम्मान, नातिकाजी संगीत पुरस्कार र नातिकाजी लोकप्रिय संगीत पुरस्कारको घोषणा गरिएको छ ।

नातिकाजी स्मृती समाजका अध्यक्ष शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले तिन विभिन्न विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । काजी बिशेष संगीत सम्मानबाट गीतकार राजेन्द्र थापा, गायक धुव केसी, संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई सम्मानित गरिने भएको छ ।

यस्तै नातिकाजी संगीत पुरस्कारबाट गीतकार डाक्टर कृष्णहरी बराल, गायिका लोचन भट्टराई, संगीतकार न्हृयू बज्राचार्यलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कारबाट गीतकार बसन्त चौधरी, गायिका मिलन अमात्य र संगीतकार हरि लम्साल पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशी एघार हजार एक सय एघार रहेको छ ।
watch this bisal chautari youtube video
प्रतिक्रिया