लस एन्जलस । ओस्कार विजेता हलिउड अभिनेत्री जोन फोन्टेनको निधन भएको छ । ९५ वर्षीया अभिनेत्री फोन्टेनको आइतबार राति क्यालिफोर्नियाको कार्मेलस्थित आफ्नै घरमा निधन भएको समाचारमा जनाइएको छ ।

अभिनेत्री फोन्टेनको निधनको पुष्टि उनकी सहायक सुजान फिफरले गरेकी छन् । करिब ५ दशकको फिल्मी करिअरमा फोन्टेनले ‘रेबेका’ (१९४०), ‘सस्पिशन’ (१९४१), ‘आईवी’ (१९४७), ‘सेप्टेम्बर अफेयर’ (१९५९), ‘ईवान्हो’ (१९५२) र ‘आइल्याण्ड इन द सन’ (१९५७) जस्ता सफल फिल्ममा अभिनय गरिन् । उनी तीनपटक एकेडेमिक अवार्डमा मनोनित भएकी थिइन् ।

साथै, पछिल्लोपटक एल्फेरड हिचकोकको फिल्म ‘सस्पिशन’ मार्फत ओस्कारमा नोमिनेसनमा परेकी थिइन् । उनले हिचकोकको १९४० को फिल्म ‘रेबेका’ बाट ओस्कर पुरस्कार पाएकी हुन् । फोन्टेनले चारपटक बिहे गरेकी थिइन् । अभिनेता ब्रायन एहार्न (१९३९–१९४५), निर्माता विलियम डोजियर (१९५१), निर्माता कोलियर योङ (१९५२–१९६९) र अन्तिममा पत्रकार एल्फेरड राइट जूनियरसाग (१९६४–१९६९) गरी चारपटकको बिहेबाट उनका चार सन्तान छन् ।
(एजेन्सी)

प्रतिक्रिया