namrata shrestha, now written 80 years ago ‘yerma’ drama on theater
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ६ शनिबार । नेपाली चलचित्र क्षेत्रमा क्रमश हिट सिनेमा दिइरहेकी अभिनेत्री नम्रता श्रेष्ठ अब पर्दामा मात्र सीमित नरहि नाटकमापनि देखिने भएका छन् । त्यो पनि स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले ८० वर्ष पहिला लेखेको नाटकमा । उनले अभिनय गर्न लागेको तेस्रो नाटक यर्माबारे शुक्रबार राजधानीमा एक औपचारीक प्रेसमिट गरी जानकारी दिइयो ।
स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गर्न लागेका हुन् । वान वल्र्ड थिएटरले गर्न लागेको नाटक नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म थिएटर भिलेजमा मंचन हुादैछ ।
राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारीले पनि अभिनय गर्दैछन् । यर्माको नेपाली अर्थ बच्चा नजन्माउने बााझी आइमाइ भन्ने हुन्छ । स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने नाटकलाई वर्तमान नेपाली परिवेशसाग अनुग्रहण गरिएको छ । ‘नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । त्यहााको गृहयुद्ध र संस्कृतिलाई अहिलेको नेपाली समाजसाग संयोजन गर्ने प्रयास गरिएको छ’ निर्देशक सुवेदीले भने, ‘एउटी बााझी आइमाइ र उसको परिवारको संवेदनालाई देखाइनेछ ।’
वान वल्र्ड थिएटरकी अमेरिकी कला निर्देशक डेबोरा मेरोला नेपाली महिला, बालबालिका र संस्कृतिका द्धन्द्ध र तत्वसाग नाटक सादृश्य रहेको बताइन् । अभिनेत्री श्रेष्ठले फिल्मबाहेक नाटकबाट पनि धेरै कुरा सिकिरहेको बताइन् । ‘यो मेरो तेस्रो नाटक भएपनि सिक्ने प्रक्रिया जारी छ’ उनले भने ।
नाटकलाई कवितात्मक शैलीमा मंचन गरिने भएको छ । कमलमणीले गीत पनि गाउादै छन् । ‘स्पेन र नेपाललाई राजनीति र कुटनीतिले होइन, यार्माको गोठालोले मात्र जोड्न सक्छ’ गुरुकुल अभिनेताले भने, ‘फिल्मले मात्र चित्त बुझ्दो रहनेछ । नाटकमा मनको खोजी हुादो रहेछ ।’ बच्चा नचाहने पुरुषको चरित्रमा राजकुमार पुडासैनी छन् । ‘हाम्रो समाजप्रति थिएटरले गर्व गर्नुपर्ने पक्ष भनेको यस्तै मुद्दाको उठानमा हो’ नम्रताको रेष्टुराा बुइागलमा आयोजित प्रेसमिटमा उनले भने ।
[gss ids=”6530,6532,6531″]
namrata shrestha, now written 80 years ago ‘yerma’ drama on theater
Director : bimal subedi
Raj Kumar Pudasaini, kamalmani nepal, sumnima sampang and srijana adhikari
प्रतिक्रिया