काठमाडौ : अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठान वेलायतले पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईंलाई सम्मान गर्ने भएको छ । उनले गरिरहेको मानविय सेवा र परोपकारी सामाजिक कार्यकालागि ‘अनेवा बमबहादुर केसी’ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार सस्थाका सल्लाहकार, तथा समाजसेवी श्री हरि केसीले आफ्ना पिताजीको नाममा स्थापना गर्नु भएको हो । ९ डिसेम्बर २०१३ आईतबारका दिन अनेवा केन्द्रि कार्यसमितिको विशेष वैठकले उक्त पुरस्कारको घोषणा गरेको हो ।
प्रतिक्रिया