Monday Movies screening movie Spring, Summer, Fall, Winter… and Spring
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । चलचित्रबारे छलफल गराउने उद्देश्यले सञ्चालनमा आएको मण्डे मुभिज हिजो सोमबारपनि मण्डला थियटरमा निरन्तरता दिइयो । केही पहिना अगाडीदेखी मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरिदै आएको छ । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका चलचित्रहरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको चलचित्र ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ प्रर्दशन गरियो ।
एक घण्टा ४३ मिनेटको चलचित्र प्रदर्शनपछि सिनेमामाथि छलफल समेत गरियो । चलचित्र समिक्षक यज्ञश र ‘बाासुल्ली’ चलचित्र निर्देशक मीनबहादुर भाम अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया चलचित्रको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो । दक्षिण कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको चलचित्र ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ मा एक भिक्षुको जीवन कथालाई विभिन्न मौसमसंग तुलना गरेर बाल्यकालदेखि वृद्ध अवस्थासम्मको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सन् २००३ मा निर्माण भएको चलचित्रलाई विभिन्न पााच भागमा विभाजन गरेर देखाइएको छ । उनको जीवनको विभिन्न अवस्थालाई हरेक मौसमसंग तुलना गरिएको छ । बसन्त, गर्मी, ग्रिस्म, जाडो र बसन्तमा हुने परिवर्तन चलचित्रमा समावेश छन् । वातावरण मन्त्रालयसागको ६ महिनाको छलफलपछि एलजे प्रोडक्सनले चलचित्रको सेट जुसान्जी पोखरीमा निर्माण गर्न अनुमति पाएको थियो । जीवनका विभिन्न भोगाईलाई मौसमसंग तुलना गरेर चलचित्र निर्माणबारे प्रतिक्रिया निर्देशक दुकले दिएका थिए ।
चलचित्र समिक्षक यज्ञशले हरेक महिना अलग शैलीका चलचित्र देखाउने उद्देश्यले यसपटक कोरियन चलचित्र छनोट गरेको जानकारी गराए । ‘चलचित्र हेर्दा सिनेमाका निर्देशकको कामबारे जानकारी हुन्छ । निर्देशक दुकले धेरै आलोचना कमाएका छन्,’उनले भने । ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ चलचित्रको अन्तिममा बज्ने गीतबाट निर्देशक धेरै प्रभावित भएको उनले बताए । ‘
त्यस्तै निर्देशक मीनबहादुर भामले निर्देशक दुकको चलचित्रहरुमा महिला चरित्रको भूमिकाहरु दबाइने प्रतिक्रिया दिए । ‘उनले निर्देशन गरेको ‘रियल फ्रिक्सन’ चलचित्रबाट चिनेको हुा । उनी साइको निर्देशक भनेर परिचित छन् । उनको चलचित्रको मुख्य पात्रहरुले खासै संवाद बोल्दैनन् । चलचित्र भनेको युनिभर्सल हुनुपर्छ भनेर उनका मुख्य पात्रहरु कम बोल्ने गर्छन् लाटोचााहि होइन,’उनले भने । निर्देशक दुकले चलचित्रको नयाा भाषाहरु निर्माण गर्ने गरेको उनले बताए । ‘जीवनमा हुन नसकेको कुरालाई उनले चलचित्रमा उतार्ने गरेका छन् । उनका अनुसार जीवनमा नबुझ्न सकिएको पाटा फिल्ममा उतारिनुपर्छ भन्ने हो ।’ जोगी स्वभावका निर्देशक दुकबाट प्रभावित भएको उनले बताए ।
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस चलचित्र आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । चलचित्रसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर चलचित्रमाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ ।
‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर चलचित्रका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । चलचित्रबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो ।
प्रतिक्रिया